गोलबजारमा होटल सञ्चालक महिलाको हत्या, वेहोस भेटिएका श्रीमान शंकाको घेरामा

लहान– सिराहाको गोलबजार नगरपालिका ६ मा एक महिलाको रहस्यमय हत्या भएको छ। स्थानीय सिकिन्द्र साहको घर भाडा लिएर होटल सञ्चालन गर्दै आएका महेन्द्रकुमार साहकी श्रीमती ३५ वर्षीय अनिताकुमारीको हत्या भएको हो।

धारिलो हतियार र सिलौटाले हिर्काएर हत्या गरिएको अवस्थामा अनिताको शव घरभित्रै फेला परेको छ। वेहोस अवस्थामा फेला परेका महेन्द्रलाई अस्पताल भर्ना गरिएको छ। अनिताको शव उनी सुत्ने खाटनजिकै फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

एक वर्षदेखि होटल सञ्चालन गरेर वसेका साह दम्पती मात्र उक्त घरमा बस्ने गरेका थिए। स्थानीयका अनुसार शुक्रबार अबेर राती महेन्द्र आत्तिएर घर बाहिर निस्किएका थिए। त्यसपछि उनीहरु पुग्दा उनी बेहोस अवस्थामा भेटिएका थिए।

लगत्तै उनलाई अस्पताल पु-याए घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो। महेन्द्र यस अघिपनि आपराधिक घटनामा जेल परेकाले उनले नै कैफियत गरेको हुन सक्ने स्थानीयको आशङ्का छ। प्रहरीले घट्नाको अनुशन्धान थालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट