सिन्धुलीस्थित टेलिकमको टावरमा कुकर बम विष्फोट, जनमुक्ति सेनाको पर्चा भेटियो

काठमाडौं– सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावर परिसरमा बम विष्फोट भएको छ।

दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा शुक्रबार बिहान करिब ३ बजे कुकर बम विष्फोट भएको हो।

विष्फोटबाट भवनको झ्यालमा सामान्य क्षति भएको छ। तर, टेलिकमको टावरमा भने क्षति नभएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जिवी दाहालले बम विष्फोटको सूचना पाउनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट टोली खटिएको बताए।

प्रहरीले टावर परिसर भित्र रहेको पक्की घरको झ्यालमा कुकरको बिर्को अड्किएको, कुकरको भाग भुईँमा रहेको, त्यस नजिकै पेट्रोलको गन्ध आउने दुईवटा खाली बोतल र जनमुक्ति सेना लेखिएको पर्चा फेला पारेको थियो।

घटनाको थप अनुसन्धान भइरहेको र विष्फोट गराउने काममा संलग्नहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट