प्रहरीको टार्गेटमा माओवादीको सुरक्षा विभाग, प्रचण्डका मान्छे खोजी–खोजी पक्राउ गर्दै रवि लामिछाने

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खाम मंगलबार ठमेलमा हिँड्दा हिड्दै पक्राउ परे। १५ वर्षअघि कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ अपहरण र हत्याको अभियोगमा खाम पक्राउ परेका हुन।

खाम अहिले पनि सत्ताको नेतृत्व गरेको माओवादी केन्द्रको सुरक्षा विभागको जिम्मेवारीमा छन्। तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएकै वेला खाम पक्राउ पर्नु संयोग मात्रै होईन। यही विभागका प्रमुख कृष्णबहादुर महरामाथि पनि सुन तस्करसँग कनेक्शन देखिएको आरोपमा केही समयअघि पक्राउ परेका थिए।

महरा हाजिरी जमानीमा छुटेका छन्, तर अनुसन्धान रोकिएको छैन। त्यस लगत्तै खाम पक्राउ पर्नुले सर्वसाधारणको मनमा खुलदुली वढाएको छ। खुलदुली यस कारण पनि वढेको छ की, कुनै समय नेकपा एमालेलका अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल समेतले साह्रै मायाँ देखाएका पात्र हुन खाम।

नेकपा फुट्ने बेला ओलीले दाहाललाई ब्यंग्य कस्दै खामको खोजी गरे। ओलीले भनेका थिए–‘यतिबेला म कालीबहादुर खामहरुलाई सम्झिरहेको छु। खोई कहाँ छन् कालीबहादुर खामहरु? कसले संरक्षण गरेका छन्?’

लगत्तै दाहालले ओलीलाई जवाफ फर्काए– ‘उसको मुद्दा मिलाउनका लागि मैले काम गरिरहेकै थिएँ। जसलाई मैले १० वर्षसम्म स्कुलिङ गरेर युद्धमा कमाण्डर बनाएँ। अब तिनको रक्षा ओलीले गर्ने अरे। सुन्दै अचम्म लाग्छ । आमाको दूध चुसाएर भएन, बाउको घुँडो चुस्दा के रस आउला र?’

अहिले उनै दुई नेताको नेतृत्वमा सरकार सञ्चालन भईरहेका वेला खाम हिन पक्राउ परे भन्ने उत्सुक्ता स्वभाविक हो। किनकी यसअघि पनि उनलाई पक्राउ गर्ने प्रयत्न भएकै हुन। माओवादी सरकारमा नहुँदा समेत पक्राउ नपरेका खाम आफनै पार्टी अध्यक्ष प्रधानमन्त्री हुँदा पक्राउ पर्नु आश्चर्यजनक छ।

प्रहरीका अनुसार उनी स्वयमले पनि आफनो गिरफ्तारीलाई सामान्य रुपमा लिएका छन्। माथिबाट आउने प्रेसर पनि छैन। यसअघि पनि चार÷पाँच पटक खामको फाइललाई प्रहरीले अघि बढाएको थियो। तर फाइल खुल्ने वित्तिकै प्रेसर आउँथ्यो र बीचमै रोकिन्थ्यो। यस पटक रवि लामिछाने गृहमन्त्री बनेपछि भने प्रहरीले करिब एक महिना कसरत गरेर उनलाई पक्राउ गरेको हो।

स्रोतका अनुसार प्रहरीले २ दिनअघि मात्रै खामको मोबाइल नम्बर पत्ता लगाएको थियो। त्यस लगत्तै उनी पक्राउ परेका हुन। प्रहरीका अनुसार यसअघि जेल सजाय सुनाइएकाले समेत सफाइ पाएकाले आफू पनि अदालतबाट छुट्नेमा उनी ढुक्क छन्।

पक्राउ परेका खामविरुद्धको मुद्दा जिल्ला अदालत चितवनमा मुल्तबीमा राखिएको छ। खाम मनाङ प्रहरीको समेत खोजी सूचीमा रहेका व्यक्ति रहेको खुलेको छ। १ साउन २०७१ मा मनाङको साविक धारापानी गाविस ५ स्थित सडकमा ग२च ३०१ नम्बरको बोलेरो जिपमा फेला परेको एके४७ सेभेन राइफलल, पेस्तोल र गोली बरामद भएको प्रहरणका समेत उनी अभियुक्त हुन।

त्यतिबेला मनाङ प्रहरीले विकल्प भनिने संगम रोकालाई पक्राउ गरेको थियो भने खामसहित ८ जना फरार थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट