मासु खाँदा हड्डी अड्किएर एक युवकको मृत्यु

हेटौंडा- चितवन मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक युवकको मृत्यु भएको छ।

तनहुँ सिद्धेश्वर नगरपालिका घर भएका २२ वर्षीय करण सुनारको घाँटीमा हड्डी अड्किएर मुत्यु भएको छ। उनी भरतपुर महानगरपलिका–१ स्थित शरदानगरमा अंकलको घरमा बस्दै आएका थिए।

घाँटीमा हड्डी अड्किएपछि उनलाई स्थानीय सिद्धेश्वर हेल्थ केयर शारदानगरमा उपचार गरी औषधी दिइएको थियो। त्यसपछि उनी अंकलकै घरमा बसेर आराम गरिरहेका थिए।

बिहीबार उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि भरतपुर अस्पताल लगिएको थियो। भरतपुर अस्पतालमा उपचारको क्रममा सुनारको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट