दुई समुदायबीच हरिनगरमा जारी तनाव साम्य बनाउन ५ बुँदे सहमति

राजविराज– सुनसरीको हरिनगर गाउँपालिकामा दुई समुदायबीच जारी तनाव हटाउने शनिवार वसेको सर्वपक्षिय वैठकले ५ बुँदे सहमति गरेको छ।

विद्यालयमा भएको विवादका कारण सुरु भएको तनाव हिन्दुमस्लिम दङ्गामा परिणत भएको थियो। जसका कारण शुक्रबार विहानदेखि बेलुकैसम्म हरिनगरा तनावग्रस्त भएको थियो। स्थीति नियन्त्रणमा लिन प्रहरीले ८० राउन्ड हवाई फायर र ३९ सेल अश्रु ग्यास प्रहार गरेको थियो।

प्रहरीको गोली लागेर दुई जना घाईते भएका थिए। साँझदेखि सुनसरीको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको थियो।

शनिबारको सहमति पछि कर्फ्यू विस्तारै हट्ने जनाईएको छ। बैठकमा दुवै पक्षले गरेका गतिविधि फिर्ता लिने, कर्फ्यूलाई सहज बनाउँदै लैजाने र हटाउने, झडपमा घाइते भएकाहरुको निशुल्क उपचार गर्ने र आवश्यकताका आधारमा छानविन आयोग गठन गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट