सलाम नगरेको भन्दै सिंहदरबार भित्रै हवल्दारले प्रहरी जवानको गाला रन्काए

काठमाडौं– आफुलाई सलाम नगरेको भन्दै नेपाल प्रहरीका एक हवल्दारले सिंहदरबार भित्रै प्रहरी जवानमाथि थप्पड हानेका छन्।

यो घट्ना अर्थ मन्त्रालयभित्र भएको हो। सिंहदरबार सुरक्षा गणमा कार्यरत प्रहरी जवान सुन्दर सिंहलाई अर्थमन्त्रीको सुरक्षामा खटिएका हवल्दार उज्जवल भण्डारीले गालामा थप्पड हानेका हुन।

मंगलबार बिहान साढे १० बजेतिर प्रहरी जवान सिंहलाई ‘किन सलाम नगरेको?’ भन्दै थप्पड हानेको प्रहरी स्रोतले जनाएको छ।

उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले पनि घट्नाका पुष्टि गरेका छन्। उनले विस्तृत जानकारीका लागि सिंहदरबार गणका एसपी सन्तोष तामाङलाई भनेको जाानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट