झापामा गोली हानेर मारियो जंगली हात्ती, दुवै दाह्रा र पुच्छर वेपत्ता

दमक– झापाको मेचीनगरमा एउटा हात्तीलाई गोली हानेर मारिएको छ। डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले हात्तीलाई ३ राउण्ड गोली हानी मारिएको पुष्टि गरे।

हात्तीको अन्य भागमा गोली नछिर्ने भएकाले कानको छेउमा गोली प्रहार गरेर मारिएको उनको भनाई छ। वन्यजन्तु शिकारी गर्ने समूहकले घट्ना गराएको आशंकामा अनुशन्धान थालिएको उनले वताए।

पोस्टमार्टम गर्दा तीन वटा गोली कानको छेउबाट छिरेको देखिएपछि गोली अझै फेला नपरेको राईको भनाई छ। गोली हड्डीभित्र छिरेकाले निकाल्न नसकिएको उनले वताए। हात्तीलाई मारेर दुवै दाह्रा आराले काटेर केही भाग लगेको र पुच्छरको रौं पनि तानेर लगेको देखिएको छ।

मेचीनगर नगरपालिका–११ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार दिउँसो साढे ४ बजे एउटा हात्ती मृत अवस्थामा फेला परेको थियो। करिव ४० वर्ष उमेरको हात्तीको बुधबार दिउँसो पोस्टमार्टम गरिएको हो।

स्थानीयका अनुसार बैशाख २ गते मध्यरातपछि जंगलमा हात्ती कराउन छाडेको थियो। यो घटना त्यही दिनको हुन सक्ने अनुमान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट