फलामको तारले रुखमा बाँधेर आगो लगाईएको अवस्थामा युवकको शव भेटियो

काठमाडौं– काभ्रेको पाँचखाल नगरपालिका–४ स्थित जिरोकिलोमा फलामको तारले रुखमा बाँधेर आगो लगाईएको अवस्थामा एक युवकको शव फेला परेको छ।
मेलम्ची जिरोकिलो सडक खण्डबाट करिव ५० मिटर तल बिराजे खोल्सा जंगलमा करिव २५ वर्षका युवकको शव फेला परेको हो। शुक्रबार बिहान साढे ८ बजे शव फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार युवकको मुख र छातीमा फलामको तारले रुखमा बाँधेर आगो लगाएको अवस्था छ। उनका अनुसार शवको प्रकृति हेर्दा १५/२० दिनदेखि अघिको भएको र सडे÷गलेको जस्तो देखिन्छ।
प्रहरीले यस विषयमा आवश्यक अनुसन्धान गरिरहेको उनको भनाई छ।
प्रतिक्रिया