फत्तेपुरमा एक ब्यक्ति मृत फेला, अनुशन्धानमा खटियो इन्स्पेक्टरको टोली

फत्तेपुर– सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरमा एक ब्यक्ती मृत फेला परेका छन्। बुधबार दिउँसो करिव साढे १२ बजे करिव ५०/६० वर्षका पुरुष मृत फेला परेका हुन।
कवाडी सामान संकलन गरेर जिविका चलाउँदै आएका उनी सामानको भारी बोकेर हिडिरहेका बेला अचानक लडेर वेहोस भएको र तत्कालै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्। प्रहरीले उनको हर्टएट्याकका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरेको छ।
प्रहरीका अनुसार उनी भारतीय नागरिक हुन। उनी लामो समयदेखि फत्तेपुरमै वस्दै आएको जनाईएको छ। तत्काल उनको परिचय खुलेको छैन। मृतकका आफन्तहरु घट्नास्थल आउँदै गरेको प्रहरीले जनाएको छ।
घट्नाको अनुशन्धान गर्न ईलाका प्रहरी कार्यालय कञ्चनपुरले इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली खटाएको डिएसपी महेन्द्र नेपालले जानकारी दिए।
प्रतिक्रिया