सुर्खेतमा बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक जनाको शव रुखमा भेटियो

काठमाण्डौं– सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको बोलेरो जिप आज बिहान करिव २ बजे वीरेन्द्रनगरमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक भे१च २५६० नम्बरको बोलेरो जीप दुर्घटना भएको हो। जीप सडकबाट ३०० मिटर तल खसेको छ।

दुर्घटनामा ४ जनाको मृत्यु भएको तर पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार एक जना मृतकको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छ। जिपमा ६ जना सवार रहेको अनुमान छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाका घाइते दुई जनालाई उपचारका लागि प्रदेश अस्पताल लगिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट