कलैयामा क्याम्पस प्रमुख हरिभूषण कुशवाहमाथि गोली प्रहार

विरगन्ज– बाराको कलैया स्थित रामराजा क्याम्पसका प्रमुख हरिभूषण कुशवाहामाथि अज्ञात समुहले गोली प्रहार गरेको छ।
कुशवाहको दायाँ साईडको कम्मर छेउमा गोली लागेको छ। उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाईएको छ। उनी वीरगन्ज स्थित बयोधा अस्पतालमा उपचाररत छन्।
कुशवाहमाथि गोली प्रहार गर्ने समुह तत्कार फरार भएको जनाईएको छ। घटनाबारे विस्तृत विवरण आईसकेको छैन।
प्रतिक्रिया