नक्कली लाइसेन्स प्रकरणमा वन मन्त्रालयका उपसचिव अर्यालसहित ५ जनालाई पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली लाइसेन्स प्रकरणमा वन मन्त्रालयका उपसचिव केशव अर्यालसहित ५ जनालाई पक्राउ परेको छ।

नक्कली लाईसेन्सको विवरणबारे छानबिन गरिरहेको सीआईबीले अर्यालसहित यातायात व्यवस्था कार्यालय नवलपरासीका पदमराज आचार्य, लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत सुवास पौडेल, जनकपुरबाट दिलिपकुमार साह र चितवनका राजेश लम्साललाई पक्राउ गरेको हो।

स्याङ्जाको चापाकोट–९ फुलबारीका अर्याल यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख हुन। भने आचार्य पाल्पाको तानसेन नगरपालिका–३ का हुन। उनी हाल यातायात व्यवस्था कार्यालय, नवलपरासीका कम्प्युटर अपरेटर हुन्।

यसैगरी, पाल्पाको तानसेनका सुवास पौडेल यातायात व्यवस्था कार्यालयका तत्कालीन शाखा अधिकृत हुन। जनकपुरका साह र चितवनका लम्साल सहायक कम्प्युटर अपरेटर हुन।

उनीहरुले फर्जी विवरणहरु ईन्ट्री गरी सोका आधारमा गैरकानूनी हिसावले लाईसेन्स जारी भएको पाइएको सीआईबीले जनाएको छ। पक्राउ परेका पाँचै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भईरहेको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *