रौतहटमा टाटा सुमो र मोटरसाइकल ठोक्किदा धरान र सुन्दरहरैचाका १/१ जनाको मृत्यु

जनकपुर– पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका– ४ मा सोमबार दिउँसो टाटा सुमो र मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ।
पुर्ब जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ च ५३१ नम्बरको टाटा सुमो र पश्चिम जादै गरेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाईकल धन्सार पुल छेउमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाईकलमा सवार मोरङ्गको सुन्दरहरैचा नगरपालिका–११ का बिबस सापकोटा र सुनसरीको धरान उपमहानगरपालिका–१५ की ३३ बर्षीया तुलसी ओझाको मृत्यु भएको हो।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईका अनुसार गम्भीर घाईते दुवैजनालाई उपचारको लागि स्थानीय सिभिल अस्पतालमा भर्ना गर्न लाँदै गर्दा बाटैमा मृत्यु भएको हो।
तिव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।
प्रतिक्रिया