नवलपुरको बालुवाडाँडामा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते

काठमाडौँ– नवलपुरको कावासोती–१, बालुवाडाँडामा शनिवार बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा २८ जना घाइते भएका छन्।

शनिबार बिहान नवलपुरको बुलिङटारबाट कावासोती जाँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बोलेरो दुर्घटनामा परेको हो। दुर्घटनामा परी १ पुरूष र १ महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

एसपी यादव ढकालका अनुसार दुर्घटनामा बुलिङटार ३ घर भई कावासोती बस्दै आएकी पवित्रा मश्रांङ्गी मगर (२०) सनाखत हुन बाँकी (करिव ३०÷३२ वर्ष) का पुरूषको मृत्यु भएको हो। घाइतेहरुलाई उद्दार गरेर अस्पताल पु¥याइएको एसपी ढकालले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट