१ वर्षदेखि ‘लिभ–इन टुगेदर’मा बसेकी युवतीले बलात्कारको मुद्दा हालेपछि युवक पक्राउ
काठमाडौँ– ठमेलको एक नाईट क्लवमा काम गर्ने बाउन्सर र वेटर्सको ‘लिभ–इन टुगेदर’को सम्बन्ध बलात्कारको मुद्दामा परिणत भएको छ। थापा थरका बाउन्सर युवा बलात्कारको आरोपमा पक्राउ परेका छन्।
वेटर्सले बलात्कार गरेको भन्दै वेटर्स युवतीले सोह्रखुट्टे प्रहरीमा उजुरी हालेकी छिन्। परिवर्तित नाम लैनचौर १३ (२०८१ । ०८२) ले दिएको जाहेरीमा पीडकले आफ्नो गल्कोपाखास्थित कोठामै आएर डर त्रास देखाई पटक–पटक बलात्कार गरेको उल्लेख गरेकी छिन्।
अन्तिम पटक २० भदौमा बलात्कार गरेको र आफ्नो पेटमा गर्भ बसेको उनले बताएकी छिन्। आरोपी युवाले भने युवतीसँग क्लबमै चिनजान भएको र एक वर्षदेखि सँगै बस्दै आएको बयान दिएका छन्।
आफुहरु दुवै जनाले एक अर्कालाई मन पराई प्रेम सम्बन्धमा रहेको र विवाह गर्ने सल्लाह भएपछि एक वर्षदेखि गल्कोपाखास्थित कोठामा सँगै बस्दै आएको उनको भनाई छ। १ वर्षदेखि सहमतीमै शारीरिक सबन्ध भएको पनि युवाले बताएका छन्।
दुवै जनाको सल्लाह अनुसार बच्चा राख्ने सहमति भएपनि पछि आफुलाई बच्चा राख्न मन नलागेको र गर्भपतन गराउन दबाब दिदा रिसको आवेगमा बलात्कार मुद्दा हालेकी युवाको आरोप छ।

