चेकप्वाईन्ट छलेर भागेको स्कारपियो पिछा गर्दा प्रहरीलाई हात लाग्यो १५५ किलो गाँजा

विराटनगर– विराटनगर महानगरपालिका–१८, भट्टाचोकमा मंगलबार राति प्रहरीले सवारी साधन चेकजाँच गरिरहेको थियो। त्यसैक्रममा राति करिब साढे १० बजे एउटा स्कारपियो चेकप्वाईन्टमा प्रहरीलाई छक्याएर भाग्यो।

को १ च ९५८२ नम्बरको उक्त स्कारपियो भागेपछि प्रहरीले पिछा गर्यो। डीएसपी वेदप्रकाश जोशीको नेतृत्वमा टोली नै नै खटिएएर खोजतलास गर्दा जहदा गाउँपालिकाका–१ धुनीबस्तीमा स्कारपियो फेला पर्यो।

चेकजाँचका क्रममा गाडीभित्र १५५ किलो गाँजा फेला परेको छ। त्यसपछि प्रहरीले गाडी चालक सुनरीको धरान उपमहानगरपालिका–१२ का २४ वर्षीय राहुल विश्वकर्मा र गाडीमा सवार धनकुटाको सहिदभूमी गाउँपालिका– ६ का १९ वर्षीय सुरज राईलाई पक्राउ गरेको छ।

धनकुटाबाट आएको उक्त गाँजा भारततर्फ लाने क्रममा पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट