सर्लाहीमा इँटा व्यवसायीको हत्या, उखुबारीमा भेटियो शव

सर्लाही — सर्लाहीका एक जना इँटा व्यवसायीको हत्या भएको छ। हरिवन नगरपालिका–१० इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

प्रसाईँको शव उखुबारीमा गाडिएको अवस्थामा फेला परेको हो। उनी १५ पुसको बिहान बरहथवा नगरपालिका–९ मूर्तियाबाट पैसा लिएर आउँछु भनी घरबाट निक्लेका थिए।

रातिसम्म घर नफर्किएपछि उनको खोजी सुरु भएको थियो। परिवारले प्रहरीको पनि सहयोग मागेको थियो। स्थानीय र प्रहरीले निरन्तर खोजी गर्ने क्रममा शनिबार घर नजिकैको उखुबारीमा हत्या गरेर गाडेको अवस्थामा प्रसाईंको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रसाईंको हत्यामा संलग्न रहेको आशंकामा स्थानीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले युवकको नाम खुलाएको छैन। मृतक प्रसाईंको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपछि परिवारले बुझेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट