झापामा घर झगडा हुँदा खुकुरीले घाँटी काटेर श्रीमानले गरे श्रीमतीको हत्या

दमक– झापामा एक ब्यक्तिले खुकुरीले घाटी काटेर गएराति श्रीमतीको हत्या गरेका छन्।
कनकाई नगरपालिका–२ सुकेडाँगीका ३५ वर्षीय कविराज हेमरमले श्रीमती ३४ वर्षीया पूजा हेमरमको हत्या गरेका हुन। श्रीमान–श्रीमतीको झगडा भएपछि राति करिव साढे ११ बजे आफू सुत्ने कोठामै उनले पूजामाथि आक्रमण गरेका थिए।
पूजाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। श्रीमतीको मृत्यु भएपछि कविराज फरार भएका थिए। उनलाई सुरुङ्गा सडकबाट पक्राउ गरेको छ। प्रहरीले घटनास्थाल सुरक्षित राखेर घटनास्थलबाट खुकुरीसमेत बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय अनारमनीले घट्नाको अनुसन्धान सुरु गरेको छ।
प्रतिक्रिया