सिराहमा बोर्डिङ स्कुलका शिक्षकले कुटेर ८ कक्षामा पढ्ने १३ वर्षीय बालक घाईते, अस्पताल भर्ना गरियो

लहान– सिरहाको एक वोर्डिङ स्कुलका शिक्षकले राम्रो पढ्न नसकेको भन्दै ८ कक्षामा पढ्ने बालकलाई निर्घात कुटपिट गरेका छन्।

गोलबजार नगरपालिका–७ चोहर्वास्थित एपेक्स विद्या मन्दिरका शिक्षक सन्तोष गुप्ताले शुक्रबार १३ वर्षीय बालक अभिनाश यादवलाई कुटपिट गरेका हुन। शिक्षकको कुटपिटका कारण अभिनाशको ढाड, तिघ्रा र अनुहारमा निलडाम र चोट लागेको छ।

नरहा गाउँपालिका–३ खोरियाका सुरेश यादवका छोरा अभिनाशलाई उपचारका लागि गोलबजारस्थित एक निजी अस्पतालमा भर्ना गरिएको छ। बुवा सुरेशका अनुसार ‘पढाइमा गुणस्तर नभएको’ भन्दै शिक्षक गुप्ताले अभिनाशलाई कुटेका हुन।

पीडित परिवारले शिक्षक गुप्ताविरुद्ध इलाका प्रहरी कार्यालय, गोलबजारमा उजुरी दिएको छ। गुप्ता पक्राउ परेका छन्। घटनाको विषयमा अनुसन्धान भइरहेको इन्स्पेक्टर गोविन्द साहले बताए। विद्यालय सञ्चालक विजय महतो भने सम्पर्कमा आउन चाहेका छैनन्।


प्रतिक्रिया

One thought on “सिराहमा बोर्डिङ स्कुलका शिक्षकले कुटेर ८ कक्षामा पढ्ने १३ वर्षीय बालक घाईते, अस्पताल भर्ना गरियो

  1. Feri yo aarko aayo k ho Kya aajkal teachers haru lai Pani josh chadako xa ke Kya ou yasto lai school bata hoin desh bata nai niklnu parxa…. May be some mistake have also done by that boy but also tysto naramro sang hanu ta vaya na ne…. Thuka kasto kasto Manx haru xa yaar…. Plz make our madhesh good yaar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट