सुत्केरी महिलाको मृत्यु भएपछि सिरहाको बर्धमान अस्पतालका सञ्चालक पक्राउ

लहान– शल्यक्रिया मार्फत सुत्केरी गराईएकी महिलाको मृत्यु भएको प्रहरीले सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालका सञ्चालक तथा डाक्टर तेजशंकर यादवलाई शनिबार पक्राउ गरेको छ।

शुक्रबार दिउँसो शल्यक्रिया मार्फत छोरालाई जन्म दिएकी मिर्चैया नगरपालिका–११, सीतापुरकी करिव ३० वर्षीया रामकाशी यादवको शनिबार बिहान मृत्यु भएपछि प्रहरीले डाक्टर यादवलाई पक्राउ गरेको हो।

सुत्केरी यादवको शनिवार विहान विराटनगर लाने क्रममा बाटोमा मृत्यु भएको हो। पति सन्त यादवका अनुसार सुत्केरी ब्यथा लागेपछि रामकाशीलाई शुक्रबार बिहान बर्धमान अस्पताल लगिएको थियो। दिउँसो करिव १२ बजे शल्यक्रिया गरेर बच्चा निकालियो।

शल्यक्रियापछि स्वास्थ्य अवस्था बिग्रँदै जाँदा परिवारले रामकाशीलाई बाहिर लान खोजे। तर, अस्पतालले ‘गम्भिर विषय होईन, यहीँ ठिक हुन्छ’ भन्दै रिफर गर्न मानेन। त्यसपछि झन रामकाशीको अवस्था झन विग्रदै गयो। जटिल अवस्थामा पुगेपछि भने शनिबार बिहानको राति करिव २ बजे अस्पतालले रिफर ग¥यो।

गोलबजारबाट विराटनगर लाने क्रममा उनको बाटोमै मृत्यु भएको हो। शनिबार बिहान साढे ५ बजे विराटनगरस्थित न्युरो अस्पताल पु¥याउँदा डाक्टरले रामकाशीलाई मृत घोषणा गरेका थिए। बर्धमान अस्पतालले आफ्नी श्रीमतीलाई अन्तिम अवस्थामा पु¥याएर रिफर गरेको र यो घटनाको जिम्मा अस्पतालले नै लिनुपर्ने उनले वताए।

शल्यक्रियाका क्रममा डाक्टरको लापरबाहीका कारण रामकाशीको शरीरबाट धेरै रगत बगेको र मृत्यु भएको सन्त यादवको भनाई छ। बच्चाको अवस्था भने सामान्य रहेको उनले बताए।

अस्पतालकै लापरबाहीले सुत्केरीको ज्यान गएको आरोप लगाउँदै परिवार तथा आफन्तले अस्पताल अगाडि राजमार्गमा शव राखेर प्रदर्शनसमेत गरेका छन्। प्रदर्शनपछि प्रहरीले अस्पतालका सञ्चालकसमेत रहेका शल्यक्रिया गर्ने डा. तेजशंकरलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय, गोलबजारका इन्स्पेक्टर गोविन्दकुमार साहका अनुसार उनीसँग सोधपुछ जारी छ। सञ्चालक यादवले भने कुनै प्रतिक्रिया दिएका छैनन्।


प्रतिक्रिया

One thought on “सुत्केरी महिलाको मृत्यु भएपछि सिरहाको बर्धमान अस्पतालका सञ्चालक पक्राउ

  1. Yasto lai ta k vanum thik garnu vayo Golbazar police members plz do more research and give him high punishment with those people those how work there… Ajkal hamro madhesh ma k hudai xa hudai xa jathi khera Pani news ma Madhesh ko bara ma matra hunxa… And sure our Minister will also take action on that hospital as soon as possible

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट