सप्तरीमा नाबालिकालाई बलात्कार गरी भागेका बालक पक्राउ, जंगलमा पुर्‍याएर गरेका थिए बलात्कार

राजविराज – स्थानीय एक नाबालिकालाई धम्की दिएर बलात्कार गरी फरार भएका सप्तरीको सुरुङ्गा नगरपालिकाका एक बालकलाई प्रहरीले एक वर्षपछि पक्राउ गरेको छ।

सुरुङ्गा नगरपालिका–३, लक्ष्मीपुरका १६ वर्षीय बालक ‘कडरबोना १०६’ लाई प्रहरीले २७ वैशाखमा लक्ष्मीपुरस्थित बलान खोलाबाट पक्राउ गरेको हो।

बालकले १३ वैशाख ०८१ मा स्थानीय लक्ष्मिपुर सामुदायिक वनमा लागेर बालिकालाई बलात्कार गरेका थिए। ‘काम छ भन्दै बोलाएपछि पुगेकी बालिकालाई बालकले सुरुदेखि नै गलत नियतले छोएको देखिन्छ’ सप्तरी प्रहरीले भनेको छ–‘कुराकनीका क्रममा संवेदनशिल यौन अंगहरु छुन थालेपछि बालिकाले प्रतिकार गर्दा धम्की दिएर बलात्कार गरेको उजुरी छ।’

‘मैले जे भन्छु गर्न देउ, कहिँकतै बोलेमा ज्यानै मारी दिन्छु’ भनी धाक धम्की दिएर बलात्कार गरी बालक फरार भएको प्रहरीले जनाएको छ। घट्नापछि बालिकाका हजुरबुबाले इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दिएका थिए।

सोही उजुरीका आधारमा बालकलाई पक्राउ गरी अनुशन्धानका लागि जिल्ला अदालतबाट दिन ५ दिनको म्याद लिएको सप्तरीका डीएसपी जितेन्द्रकुमार वस्नेतले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट