काठमाडौँबाट आउँदै गरेको इभी उदयपुरमा दुर्घट्ना हुँदा ११ जना घाईते, ४ जनाको अवस्था गम्भिर

गाईघाट– मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका–७, अँधेरीमा आज अपरान्ह इभी दुर्घटना हुँदा चालकसहित ११ जना घाईते भएका हुन्। घाईते मध्ये ४ जनाको अवस्था गम्भिर छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार काठमाडौंबाट गाईघाटतर्फ आउँदै गरेको प्र १–०५–००१ ज ००५८ नम्बरको को विद्युतीय गाडी (इभी) गाईघाट–कटारी खण्डको अँधेरीस्थित ओरालो घुम्ती सडकमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो।

गम्भीर घाईतेहरु उदयपुरको रौतामाई गाउँपालिका ७ का ४५ वर्षीया पुष्पा खड्का, त्रियुगा नगरपालिका ९ राजावासका २६ वर्षीय गोपी दनुवार, त्रियुगा ८ शाहीखोलाका २० वर्षीय निशन खड्का र भक्तपुर सूर्यविनायक नगरपालिका ४ की ६० वर्षीया सानुमाया श्रेष्ठलाई उपचारका लागि विराटनगर पठाईएको छ।

घाईते चालक त्रियुगा नगरपालिका ६ का २० वर्षीय हिमाल बस्नेत, सोही ठाउँकी २४ वर्षीया सङगिता खत्री, उदयपुरकै चौदण्डीगढी नगरपालिका १० की १८ वर्षीया मिजा सेवा, भक्तपुर सूर्यविनायक ४ का ६६ वर्षीय श्यामकाजी श्रेष्ठ, सोही ठाउँकी ३३ वर्षीया प्रतिक्षा बजिमय, सिन्धुलीको कमलामाई नगरपालिका १० का ४३ वर्षीय ओमबहादुर भुजेल, खोटाङको बराहापोखरी गाँउपालिका ४ का १९ वर्षीय अनिश राईको पनि उदयपुर जिल्ला अस्पतालमा उपचार भईरहेको छ।

उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी केदारमान दोङले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट