गौशालामा ८ वटा सवारीसाधन आपसमा ठोक्किँदा ३ जना घाईते

काठमाडौँ– काठमाडौँमा बुधबार दिउँसो करिव १२ बजे ८ वटा सवारी आपसमा ठोक्किएर भयंकर दुर्घटना भएको छ। तर, ठुलो मानविय क्षती भने भएको छैन।

प्रहरीका अनुसार गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस काठमाडौँ महानगरपालिका–८ गौशालामा अनियन्त्रित भएको थियो। उक्त बस दुर्घटना हुँदा आठ वटा सवारी एक आपसमा ठोक्किएका हुन।

एउटा बसका कारण हायस, कार, मोटरसाइकल र स्कुटरसहित अन्य ७ वटा सवारी आपसमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपीलराज बोहराले बताए।

उनका अनुसार दुर्घटनामा बा ५१ प २२ नम्बरको मोटरसाइकलका चालक धादिङ ज्वालामुखी गाँउपालिका–१ घर भई टोखा बस्ने ३२ वर्षीय राजकुमार श्रेष्ठ, बा ५१ प २२ नम्बरको मोटरसाइकल पछाडि सवार नुवाकोट टाडी गाँउपालिका–२ का २२ वर्षीय विकाश कट्टेल, प्र९२९०१९००३ प १००५ नम्बरको मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका– ५ का ३७ को शैलेन्द्र राई घाइते भएका छन।

घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि केएमसी अस्पताल पठाइएको बोहराले बताए। उनले दिएको जानकारी अनुसार १० बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातका चालक फरार भएका छन्।

उक्त बसका कारण काभ्रेका ३४ वर्षीय रक्तिम लामाले चलाएको २० बा ५ ख ७३१ नं को हायस, सिन्धुपाल्चोकका २७ वर्षीय राम तामाङले चलाएको बा.प्र–०१–०२६ च ८५७६ नम्बरको कार, ५३ वर्षीय त्रिरत्न प्रजापतीले चलाएको बीएसी ९७७३ नम्बरको को कार, काठमाडौँको टोखाका ४१ वर्षीय प्रेम प्रसाद गेलालले चलाएको बा १६ च ४४५२ नम्बरको कार, कोटेश्वरका ३७ वर्षीय शैलेन्द्र राईले चलाएको प्र–२–०१–००३ प १००५ नम्बरको मोटरसाईकल, टोखाका ३२ वर्षीय राजकुमार श्रेष्ठले चलाएको बा ५१ प २२ नम्बरको मोटरसाइकल र भक्तपुरकी १९ वर्षीय स्मिता ढुङगेलले चलाएको बा.प्र–०२–०४६ प ४८१९ नम्बरको स्कुटर आपसमा ठोक्किएका हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट