सप्तरीको सुरुङ्गामा गोली हानेर घरधनीको हत्या गरी लुटपाट मच्चाएको आरोपमा २ जना पक्राउ

राजविराज– सप्तरीको सुरुङा नगरपालिका–८, मलहनवामा बिहीबार राति भएको डकैती र गोली हानी घरधनीको हत्या गरेको घट्ना अनुशन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका दुवै जना छिमेकी गाउँका हुन। ती मध्ये एक जनालाई घट्ना भएकै दिन र अर्का जनालाई शनिवार पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

घट्ना अनुशन्धानकै क्रममा रहेको, उनीहरुको संलग्नताका विषयमा छानविन र सोधपुछ भईरहेको तथा अन्य ब्यक्तिहरुको संलग्नताका विषयमा पनि गहन अनुशन्धान भईरहेको भन्दै प्रहरीले पक्राउ परेकाहरुको पहिचान खुलाएको छैन।

बिहीबार राति करिब १२ बजे ५–६ जनाको समूहमा आएका डाकाहरु ५६ वर्षीय कान्तलाल चौधरीको घरमा जबर्जस्ती छिरेका थिए। उनीहरुले कान्तलाललाई गोली प्रहार गरी घरमा लुटपाट गरेको प्रहरीले जनाउको छ। गोली लागेर चौधरीको घटनास्थलमै मृत्यु भएको थियो।

घटनामा कान्तलालका भाइ ४० वर्षीय रमाकान्त चौधरी समेत घाइते भएका छन्। उनलाई धारिलो हतियारले प्रहार गर्दा शरीरमा चोट लागेको छ। डाका समूहले घरबाट झण्डै ५ तोला सुन, २ किलो चाँदी र करिब ५०–६० हजार रुपैयाँ नगद लुटेर गएको प्रहरीको भनाई छ।

घटनास्थलबाट प्रहरीले एउटा गोलीको खोका र थप तीनवटा गोली बरामद गरेको छ। घट्ना अनुशन्धानका लागि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट जंगे नामको तालिम प्राप्त कुकुर मगाईएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट