युके पठाइदिन्छु भन्दै ठगी गर्ने मोरङका पराजुली र धनुषाका अरुणराज पक्राउ

काठमाडौँ– ‘युके पठाइदिन्छुु’ भन्दै करोडौं रुपैयाँ असुल्ने दुई जना ठग प्रहरी फन्दामा परेका छन। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोरङका लक्ष्मण पराजुली र धनुषाका अरुणराज शर्मालाई पक्राउ गरेको हो।

४४ वर्षीय पराजुली काठमाडौंको सरस्वती नगरमा र ४७ वर्षीय शर्मा नरेफाँटमा बस्दै आएका थिए। उनीहरूले वैदेशिक रोजगारीको नाममा विभिन्न व्यक्तिहरूसँग ठगी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रहरीका अनुसार अहिलेसम्म ३८ जना पीडितहरू सम्पर्कमा आएका छन। ती पीडितहरूसँग उनीहरूले ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगेको विवरण खुलेको छ।

वैदेशिक रोजगार विभाग, ताहाचलको अनुरोधमा प्रहरीले सोमबार उनीहरूलाई नियन्त्रणमा लिई विभागमा बुझाएको छ। प्रारम्भिक बयानअनुसार, दुबै जनाले कुनै आधिकारिक संस्था वा प्रक्रिया बिना झुटा आश्वासनमा आधारित ठगी सञ्चालन गरेका थिए।

एसपी काजीकुमार आचार्यका अनुसार घटनालाई गम्भीर आर्थिक अपराधका रूपमा अनुसन्धान अगाडि बढाइएको छ। सम्भावित थप पीडितहरूलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट