एकैदिन झापा र सुनसरीमा दुई जंगली हात्ती मृत फेला

इटहरी– झापा र सुनसरीमा सोमबार दुई वटा जंगली हात्ती मृत अवस्थामा फेला परेका छन्।

झापाको मेचीनगर–१ तिरिङ क्षेत्रमा सोमबार बिहान एक पोथी हात्ती मृत अवस्थामा फेला परेको हो। डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मकैबारीमा हात्ती मृत भेटिएको हो।

‘हात्तीको मृत्युको कारण यकिन भइसकेको छैन। राष्ट्रिय प्रकृति संरक्षण कोषबाट टोली बोलाइएको छ, पोस्टमार्टमपछि मात्र मृत्युको कारण खुल्नेछ।’– श्रेष्ठले भने।

यस्तै, सुनसरीको वराहक्षेत्र नगरपालिका–२ स्थित रेल्वे लाइन नजिकैको खेतमा पनि एक भाले हात्ती सोमबार बिहान मृत अवस्थामा फेला परेको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार उक्त हात्तीको सुँडमा गहिरो चोट देखिएको छ र मृत्युअघि घाइते भएको अनुमान गरिएको छ।

वन कार्यालय र प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेका छन्। प्रारम्भिक अनुमानमा मानिस र हात्तीबीचको बढ्दो द्वन्द्वका कारण हात्तीहरू निशाना बन्न थालेको देखिन्छ।

पछिल्ला वर्षहरूमा पूर्वी तराईका झापा, सुनसरी र मोरङ लगायतका जिल्लामा जंगली हात्ती र मानवबीचको द्वन्द्व क्रमशः बढ्दो छ। मानिसहरूले हात्ती मार्ने प्रयास गर्ने र हात्तीले मानव बस्तीमा क्षति पु¥याउने क्रम बढिरहेको वन अधिकृतहरूले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट