झापामा करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

दमक — झापामा करेन्ट लागेर एक विद्युत् कर्मचारीको ज्यान गएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–४ भाङबारीका ३५ वर्षीय दीपक पाण्डे छन्।

पाण्डे विर्तामोड विद्युत् कार्यालयमा फिल्डतर्फको कामकाज गर्दै आइरहेका कर्मचारी थिए। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज दिउँसो करिब साढे २ बजे विर्तामोड नगरपालिका–२ स्थित पश्चिम स्टेण्डमा रहेको ट्रान्समिटरमा जोड्ने काम गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो।

घटनापछि गम्भीर घाइते भएका पाण्डेलाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा दिउँसो ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट