काठमाडौँबाट इटहरी जाँदै गरेको ट्रक उदयपुरमा दुर्घटना, चालकको मृत्यु

गाईघाट — काठमाण्डौँबाट इटहरीतर्फ जाँदै गरेको ट्रक विहिबार विहान उदयपुरमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
प्र.१–०२–००१ ख ९२६० नम्बरको ट्रक बिहान करिब ६ बजे उदयपुरगढी गाउँपालिका–७, अधेरीमा अनियन्त्रित भई सडक किनारमा पल्टिँदा चालक जिवन बिकको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्रियुगा नगरपालिका–४, बगाहा निवासी करिब ३५ वर्षीय बिकको ट्रक दुर्घटनामा गम्भिर घाईते भएका थिए। शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको अवस्थामा उनलाई जिल्ला अस्पताल, उदयपुर पु¥याइएको थियो।
तर, बिहान करिव सवा ७ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। घट्नाको थप अनुसन्धान भईरहेको जनाईएको छ।
प्रतिक्रिया
लोकप्रिय
ताजा अपडेट

जुम्ला घुम्न गएका हृदयन्द्रको भ्लगले दर्शकको मन जित्यो, भन्छन्– हामी लाग्यौं भने देश समृद्ध हुन्छ होला
