घरायसी विवादमा खुकुरी प्रहार गरी भाईको हत्या, दाजु पक्राउ

विराटनगर— ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–४ आहालेमा दाजुले आफ्नै भाइको हत्या गरेका छन्। २२ वर्षीय मनकुमार विश्वकर्माले २० वर्षीय भाइ रोशन विश्वकर्मामाथि खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

वडाध्यक्ष अर्जुन लिम्बूका अनुसार घरायसी विवादका क्रममा दाजुले प्रहार गरेको खुकुरी सिधा भाइको पेटमा लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो। घटना जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी निरीक्षक ओमप्रकाश पण्डितको नेतृत्वमा खटिएको टोलीले अभियुक्त मनकुमारलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी वेदप्रसाद गौतमका अनुसार घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट