उदयपुरमा करेन्ट लाग्दा ११ वर्षीय बालकको मृत्यु

गाईघाट— उदयपुरको त्रियुगा नगरपालिका–७, भण्टाबारीमा करेन्ट लाग्दा एक बालकको ज्यान गएको छ। मङ्गलबार साँझ ११ वर्षीय दर्शन बिकको करेन्ट लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बालक दर्शन आफ्नै घरमा बिजुलीको बल्व जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल उदयपुर पु¥याइएको थियो।
तर, साँझ करिब पौने ८ बजे अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। दर्शन स्थानीय देवन बिकका छोरा हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया