उदयपुरमा स्कुटरबाट खसेर महिलाको मृत्यु

गाईघाट— उदयपुरको त्रियुगा नगरपालिका–६, कुमारी चोकमा स्कुटरबाट खसेर एक महिलाको मृत्यु भएको छ।

देउरीबाट मुर्कुचीतर्फ गइरहेको स ५ प ७० नम्बरको स्कुटरको पछाडि बसेकी सिराहाको सुखीपुर नगरपालिका–८ की ५८ वर्षीया श्रीमती गंगिया देवी साह सुडीको अचानक खसेर मृत्यु भएको हो।

उनकै श्रीमान ६८ वर्षीय जगरनाथ साह सुडीले चलाइरहेको स्कुटरबाट खसेर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो।

त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट