जनकपुरको थापा चोकमा रेलमा कार ठोक्कियो

जनकपुर— जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किएका छन्।

बागमती प्रदेश नम्बर ०१–२५ च १२९० नम्बरको कार रेलसँग ठोक्किएको हो। भांगहातिरबाट जनकपुरतर्फ जाँदै थियो रेलमा थापाचोकतिरबाट जानकी मन्दिरतर्फ जाँदै लिक कार लिक क्रस गर्ने क्रममा ठोक्किएको बताइएको छ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट