सप्तरीमा मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु, एम्बुलेन्सबाट भतिजो थुतेर देवर फरार

राजविराज– सप्तरीको बलानविहुल गाउँपालिका–६ शेहरा चौकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने उनका नाबालक छोरा र देवर घाइते भएका छन्।

बोदेबर्साइनबाट चनहीतर्फ जाँदै गरेको ‘अन टेस्ट’ मोटरसाइकल दिउँसो करिब १ बजे अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार बलानविहुल–२ दिघिया टोलकी ३० वर्षीया शान्ति कुमारी यादव, मोटरसाइकल चालक तथा शान्तिका देवर २६ वर्षीय गया प्रसाद यादव र शान्तिका छोरा ३ वर्षिय आदित्य यादव घाईते भएका थिए।

उनीहरुलाई उपचारका लागि राजविराज पठाईएको थियो। शान्तिको उपचारका क्रममा साढे १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि गया प्रसाद भने बालकलाई लिएर एम्बुलेन्सबाटै फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट