पर्सामा नुहाउने क्रममा खोलामा डुबेर दुई बालक दाजुभाइको मृत्यु

वीरगञ्ज– पर्साको ठोरी गाउँपालिका–२, मा मंगलबार बिहान ढेँडु खोलामा नुहाउने क्रममा दुई बालक दाजुभाइको मृत्यु भएको छ।

मृत्यु हुनेहरू स्थानीय मनोज कठायतका ८ वर्षीय छोरा अंश कठायत र ४ वर्षीय छोरा आयांश छन्। खोलाको पानीमा तैरिरहेको देखेपछि स्थानीयले उनीहरुलाई उद्धार गरी ठोरी स्वास्थ्य चौकी पु¥याएका थिए। त्यहाँ जाँच गर्दा उनीहरूको मृत्यु भइसकेको थियो।

इलाका प्रहरी कार्यालय ठोरीका असई मुन्ना साहको कमाण्डमा रहेको टोली र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक शैलेन्द्र खड्काको नेतृत्वमा खटिएको टोलीले शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ।

पर्सा प्रहरीका डिएसपी किशोर लम्सालका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट