हेटौंडामा ९ वर्षीया बालिकालाई बलात्कार गरेर भागेका वीरगञ्जका अन्सारी पक्राउ

हेटौंडा— मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ की ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपछि फरार भएका पर्साको वीरगंज महानगरपालिका–१३ राधेमाई टोलका ३६ वर्षीय आस मोहम्मद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ।

पर्सा प्रहरीको समन्वयमा मकवानपुर प्रहरीले सोमबार वीरगन्जबाटै अन्सारीलाई पक्राउ गरेको हो। घर नजिकै लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरी थप अनुसन्धान गर्न हेटौंडा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले बताए।

अभियुक्तलाई आवश्यक कारबाहीको लागि मकवानपुर जिल्ला अदालत हेटौंडामा उपस्थित गराई अनुशन्धानका लागि म्याद लिईएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अन्सारीले ०८१ वैशाख ८ गते नाबालिकालाई उनको घर छेउमै बलात्कार गरेर फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत आवमा २८ बालिकासहित ४१ वटा बलात्कारका घटना भएका थिए। ती घटनाका ८ जना आरोपी फरार भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट