सप्तरीको ऐतिहाँसिक चन्द्रनहरमा डुबेर ५० वर्षीय पुरुषको मृत्यु

राजविराज— सप्तरीको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर एक पुरुषको मृत्यु भएको छ। मृतक कञ्चनरुप–७ बलुवाका ५० वर्षीय गोविन्द चौधरी हुन।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार बिहान घरबाट चिया खाएर हिँडेका चौधरी दिउँसो चन्द्रनहरमा डुबेको अवस्थामा मृत भेटिएका थिए। शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पठाएको छ। घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर लेखबहादुर विष्टले जानकारी दिए।

विष्टका अनुसार मृतकमा केही मानसिक समस्या रहेको भन्ने प्रारम्भिक जानकारी आएको छ। तर मृत्युको वास्तविक कारण भने अझै खुल्न बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट