राजविराज विमानस्थलबाट झण्डै ३६ हजार साउदी रियालसहित युवक पक्राउ

राजविराज — सप्तरी प्रहरीले राजविराज विमानस्थलबाट झण्डै ३६ हजार साउदी रियालसहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खडक नगरपालिका–११ लंकाटोलका ३३ वर्षीय मोहम्मद खुर्शिद आलम छन्। आइतबार दिउँसो काठमाडौं जान लागेका आलमलाई विमानस्थलमा चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार खुर्शिदको साथबाट स्रोत नखुलेको ३५ हजार ९७६ साउदी रियाल बरामद भएको छ। रकम वैध भए पनि बैंकमार्फत ल्याउनुपर्ने रकम आफैं बोकेर ल्याउन नपाइने भएकाले आलमलाई थप अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय इटहरी, सुनसरीमा पठाइएको छ।
प्रतिक्रिया