नगर प्रहरी इन्चार्ज बलात्कार आरोपमा पक्राउ

राजधानी– कञ्चनपुरमा नगर प्रहरी इन्चार्ज बलात्कार आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिकामा कार्यरत नगर प्रहरी सहायक निरीक्षक (असइ) सुरेन्द्र बोहरा छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार साउन ३० गते ३२ वर्षीया एक महिलाले बोहराविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्।

सोही जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराले जानकारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट