सुनसरीको झुम्का कारागारमा कैदीको मृत्यु

इटहरी— सुनसरीको झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ। भोजपुरको हतुवागडी गाउँपालिका–८ का २८ वर्षीय विकास राईको उपचारका क्रममा मृत्यु भएको हो।
कारागारका जेलर सुवास लामिछानेका अनुसार लागूऔषध मुद्दामा उनी ०८१ चैत्र २६ गतेदेखि कैदमा थिए। २५ हजार धरौटी तिर्न नसकेपछि उनलाई जिल्ला कारागार झुम्कामा थुनिएको थियो।
बुधबार विहान करिब सवा ५ बजे अचानक बेहोस भएर ढलेका राईलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो। उपचारका क्रममा करिब पौने ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए।
प्रतिक्रिया