सप्तरीका सीडीओ भोला दाहाल दोलखा सरुवा, सप्तरीमा धनकुटाबाट पोखरेल आउँदै

राजविराज– गृह मन्त्रालयले भदौ ४ गतेको निर्णयअनुसार राजपत्रांकित प्रथम श्रेणी (रा.प. प्रथम) का सीडीओ तथा सह–सचिव गरी १७ जनाको सरुवा तथा पदस्थापन गरेको छ। यस निर्णयसँगै सप्तरीका प्रमुख सीडीओ भोला दाहाललाई दोलखा जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको छ।

सप्तरीमा धनकुटाका सीडीओ टुवराज पोखरेललाई पठाइएको छ। यसै क्रममा भोजपुरका सीडीओ बाबुराम गौतमलाई त्यहीँ पदमा कायम गरिएको छ भने गणेश अर्याललाई गृह मन्त्रालय बाट पर्सा जिल्ला प्रशासन कार्यालयको सीडीओमा पठाइएको छ। सह–सचिव सूजना थपलियालाई संखुवासभाको सीडीओमा पठाइएको छ भने विन वज्राचार्यलाई पाल्पाको सीडीओमा पदस्थापन गरिएको छ।

भोजपुरका सीडीओ सुरेश पन्थीलाई मन्त्रालयमा फिर्ता बोलाइएको छ। दोलखाका सीडीओ शिवराम गेलाललाई धनकुटामा सरुवा गरिएको छ। जाजरकोटका सीडीओ मेखबहादुर मग्राँतीलाइ ओखलढुंगामा पठाइएको छ भने चितवनका सीडीओ प्रकाश पौडेललाई अर्घाखाँची पठाइएको छ।

गृह मन्त्रालयका सह–सचिव नमराज घिमिरेलाई भक्तपुरको सीडीओमा पदस्थापन गरिएको छ। संखुवासभाका सीडीओ दिव्यराज पोखरेललाई गृह मन्त्रालयमा सह–सचिव पदमा सरुवा गरिएको छ भने पाल्पाका सीडीओ तोयनारायण सुबेदीलाई पर्साको सीडीओ बनाईएको छ।

सिराहाका सीडीओ विश्वप्रकाश अर्याललाई दाङ पठाइएको छ। बाराका सीडीओ बसन्त अधिकारीलाई धादिङ पठाइएको छ भने धादिङका सीडीओ सुमन घिमिरेलाई ललितपुरमा सरुवा गरिएको छ। ओखलढुंगाका सीडीओ विजयराज सुवेदीलाई धादिङ पठाइएको छ।

यसैगरी, काठमाण्डौंका सीडीओ ऋषिराम तिवारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। सोही क्रममा गृह मन्त्रालयमा कार्यरत सह–सचिव छबिलाल रिजाललाई काठमाण्डौंको सीडीओ बनाईएको छ।सह–सचिव जयनारायण आचार्यलाई गृह मन्त्रालय सिंहदरबारकै प्रशासन महाशाखामा सरुवा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट