मोहम्मद जयन्तीको अवसरमा मधेशमा शुक्रबार सार्वजनिक बिदा

जनकपुर — मधेश प्रदेश सरकारले भोलि (शुक्रबार) प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालद्वारा बिहीबार जारी सूचनामा यस्तो जानकारी दिइएको हो।
मन्त्रालयले जारी गरेको सूचनामा मधेश प्रदेशको २२ चैत २०८१ मा प्रकाशित राजपत्रअनुसार मोहम्मद जयन्तीको अवसरमा बिदा दिइएको उल्लेख छ। यस निर्णयअनुसार प्रदेशभरिका सरकारी कार्यालय, शैक्षिक संस्था र अन्य निकायमा शुक्रबार बिदा हुनेछ।
प्रदेश सरकारको यो कदमले धार्मिक र सांस्कृतिक अवसरको सम्मान गर्दै समुदायमा उत्सवको भावना प्रवाह गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया