सिरहामा स्कुल बसको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

लहान — सिरहाको गोलबजार नगरपालिका–२ टुर्कियामा शुक्रबार बिहान स्कुल बसको ठक्करबाट एक बालकको ज्यान गएको छ।
गोलबजारस्थित ट्रिनिटी बोर्डिङ स्कुलको ग १ ख ३७८८ नम्बरको बसको ठक्करबाट स्थानीय मदन साहका ८ वर्षीय छोरा आदर्श साहको मृत्यु भएको हो।
बिहान करिब ११ बजेतिर पैदल हिँडिरहेका आदर्शलाई बसले ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर गोविन्दप्रसाद साहले जानकारी दिए।
घटनापछि बालकको शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको छ। बस चालक गोलबजार–३ का २८ वर्षीय विमल भुजेल फरार छन्।
प्रतिक्रिया