रास्वपामा मुकुल–निशाको ‘प्रेम प्रसंग’ विस्फोटः सचेतक र विद्रोहीको भेटघाटले पार्टीभित्र शंका र आक्रोश

काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र अहिले एक तस्वीरले ठूलो हलचल मच्चाइरहेको छ। पूर्वमहामन्त्री दाबी गरिरहेका मुकुल ढकाल र पार्टीकी सांसद तथा सचेतक निशा डाँगीको फोटो सार्वजनिक भएपछि पार्टीभित्रै प्रेम प्रसंगको चर्चा पुनः सतहमा आएको छ।

ढकाललाई रास्वपाले अनुशासन उल्लंघन गरेको भन्दै निष्कासन गरिसकेको छ। निर्वाचन आयोगले समेत उनको नामबिनाको पार्टीको अडिट फाइल दर्ता गरिसकेको छ। तर पनि ढकाल आफूलाई अझै पार्टीको महामन्त्री दाबी गर्दै आएका छन्। यसबीच हालै सेतो गुम्बास्थित एक रेस्टुरेन्टमा ढकाल र डाँगीबीच घण्टौँ लामो भलाकुसारी भएको दृश्यले पार्टीभित्रको गसिपलाई फेरि ताताएको हो।

मुकुल–निशाको सम्बन्ध नयाँ होइन। यसअघि नै उनीहरूबीच प्रेम प्रसंग रहेको चर्चा पार्टीभित्र र बाहिर चलेको थियो। त्यतिबेला दुवै जनाले यसलाई अस्वीकार गरेका थिए। तर, पार्टीभित्र ढकाललाई पदबाट निलम्बन गर्ने निर्णय हुँदा निशा मात्रै बचाउमा उभिएकी थिइन्।

फागुन ०८१ मा ‘भ्यालेन्टाइन डे’को छेको पारेर तत्कालीन महामन्त्री मुकुल, सांसद निशा र सांसद विनिता कठायतसहित डोल्पाको से–फोक्सुन्डो पुग्दा पनि पार्टीभित्र र बाहिर चर्चा भएको थियो। रास्वपाका नेताहरू भन्छन्, ढकाललाई पार्टीबाट हटाउने निर्णयअघि समेत उनीहरूबीच नजिक सम्बन्ध थियो। यसैबीच ढकालले पार्टीभित्र प्रेम प्रसंगलाई लिएर टिप्पणी गर्दा ‘मैले बिहे गर्ने कि नगर्ने, पार्टीले नै निर्णय गरिदेओस’ भनेर व्यंग्य गरेका थिए।

निशा सांसद मात्र नभई प्रतिनिधिसभामा सचेतकसमेत भएकी कारण, निष्कासन भइसकेका ढकालसँग उनको निरन्तर सम्पर्कलाई पार्टीभित्र धेरैले राजनीतिक अनुशासनविपरीत ठानेका छन्। रास्वपाका एक सांसद भन्छन—‘मुकुल र निशाबीच के व्यक्तिगत सम्बन्ध छ, त्यो निजी कुरा हो। तर पार्टी सिध्याउने भनेर हिँड्ने व्यक्तिलाई भेट्न र उनलाई राजनीतिक वैधता दिने कामचाहिँ गलत हो। पार्टीले तत्काल कारबाही गर्नुपर्छ।’

अर्का सांसदले पनि ‘मुकुल दाइलाई भेट्न नजाउ भनेर मैले निशालाई व्यक्तिगत रूपमा धेरैपटक भनेकी थिएँ। तर उहाँले मान्नुभएन। अन्ततः यो कुरा सतहमा आइहाल्यो। यसले पार्टीलाई राम्रो सन्देश दिएको छैन।’ भन्दै आलोचना गरेकी छिन्।

पार्टी नेतृत्वसमेत उनीहरूको निरन्तर भेटघाटबारे सचेत थियो। सहमहामन्त्री निकट स्रोतका अनुसार पार्टीका कोर टिमका सदस्यहरूले समेत उनीहरूलाई ‘निगरानी’मा राखेका थिए। सांसद निशा डाँगीले भने ढकालसँगको भेटघाट भएको स्वीकार गरेकी छिन्। तर उनले प्रेम प्रसंग र राजनीतिक कारणलाई अस्वीकार गर्दै भेटको कारण व्यवसायिक भएको बताएको ब्रेकिङ लिंकस्ले उल्लेख गरेको छ।

‘उहाँले बौद्धतिर एउटा मेडिकल सुरु गर्ने योजना बनाउनुभएको रहेछ। बेच्न लागेको पसल मैले चिनेको मान्छेको रहेछ। त्यसैबारे छलफल गर्न भेटेका हौँ। पार्टीको कुरा भएन। बरु, थोरै रामहरि खतिवडाको प्रसंग निस्कियो।’– उनले भनिन्।

रास्वपाले ढकाललाई कारबाही गरे पनि उनी अझै अड्डा–अदालत धाउँदै पार्टीविरुद्ध सक्रिय छन्। त्यस्तो अवस्थामा सांसद तथा सचेतक निशा डाँगीको निरन्तर सम्पर्कले संस्थापन पक्षलाई झन् आक्रोशित बनाएको छ।

पार्टीभित्र धेरै नेताहरूले यो सम्बन्धलाई व्यक्तिगत भन्दा बढी राजनीतिक अर्थमा व्याख्या गर्न थालेका छन्। कतिपयको बुझाइमा ढकाल–निशाको भेटघाटले रास्वपाको अनुशासन कमजोर भएको सन्देश बाहिर गएको छ।


प्रतिक्रिया

One thought on “रास्वपामा मुकुल–निशाको ‘प्रेम प्रसंग’ विस्फोटः सचेतक र विद्रोहीको भेटघाटले पार्टीभित्र शंका र आक्रोश

  1. गजब छ । राजनीतिमा लागेकाहरूको व्यक्तिगत जिवन हुँदैन ? सार्वजनिक जिवनमा भएकाहरूले जोगी भएर खरानी धसेर हिंड्नु पर्ने हो कि के हो ? समाजमा लज्जा हुने, अनैतिक काम पो गर्नु हुँदैन । कसै कसैलाई अङ्गुर धेरै अमीलो भएजस्तो लाग्यो ।

Leave a Reply to k Shankar Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट