ओभर स्पिड स्कुटर दुर्घटना हुँदा २ युवकको मृत्यु

चितवन — चितवनको भरतपुर महानगरपालिका–१० मा सोमबार राति स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।

राति करिब २ बजे एयरपोर्ट नजिकै बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा भरतपुर–२१ बस्ने २५ वर्षीय सन्दीप घिमिरे र २८ वर्षीय कुशल अर्याल गम्भीर घाइते भएका थिए।

घाइते दुवै जनालाई तत्काल उपचारका लागि भरतपुर अस्पताल पु¥याइएको थियो। तर, उपचारकै क्रममा राति २ः३५ बजे चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

प्रारम्भिक अनुसन्धान अनुसार स्कुटर तीव्र गतिमा रहेकाले नियन्त्रण गुमेर दुर्घटना भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।

दुवै मृतकको शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट