पूर्वउर्जामन्त्री दिपक खड्काले भने– मेरो घरमा २–४ लाख रुपैयाँ नहुने भन्ने हुन्छ ?

काठमाडौँ — भदौ २४ को जेन–जी आन्दोलनका क्रममा राजधानीको बूढानीलकण्ठस्थित तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा आन्दोलनकारीले आगजनी गरे। आगलागी हुँदै गर्दा घरबाट नोटहरू उडेको दृश्य भाइरल भयो।
तर, त्यसपछि भुमिगत जस्तै भएका खड्काका विषयमा सम्पत्ति सुद्धिकरण विभागले अनुशन्धान गरिरहेको जनाईएको छ। यसैक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले खड्का ‘भागेर अमेरिका पुगेको’ दाबी गरेपछि देशभर नयाँ तरङ्ग फैलियो।
त्यसको भोलिपल्टै दीपक खड्का आफ्नै जलेको घरमा देखिए, जसले गृह मन्त्रालयको विश्वसनीयता नै प्रश्नमा पारिदियो। ‘गृहमन्त्रीले राजीनामा दिनुपर्ने हो,’ खड्काले सञ्चारकर्मीहरूसँग भने, ‘देशको सुरक्षा प्रमुखले सत्यतथ्य नबुझी यस्तो भ्रम फैलाउनु लाजमर्दो कुरा हो।’
खड्काले बताएअनुसार आन्दोलनपछिको पहिलो हप्तामा उनलाई र परिवारलाई सेनाको शिवपुरी ब्यारेकमा सुरक्षित राखिएको थियो। त्यसपछि उनी तराई झरेर श्रीमतीसहित डेंगी संक्रमणमा परे र उपचारका लागि भारतको मेदान्ता अस्पताल पुगे। ‘म ११ दिन अस्पतालमा थिएँ, अहिले श्रीमती त्यहीँ उपचारमा छन्,’ उनले स्पष्ट पारे।
‘घरमा उडेको नोट’ विषयमा उनले भने, ‘दसैं–तिहारका लागि राखेको केही पैसा र पुराना नोट थिए। २० र ५० का नोटहरू उडिरहेको मैले आफैं देखेको हुँ। तर त्यसलाई हल्लाको विषय बनाइयो। मेरो घरमा दुई–चार लाख पैसा नहुने भन्ने हुन्छ?’
‘पत्रकारिताले यति दिग्भ्रमित बनाएको छ कि भारतीय मन्त्रीहरूले पनि फोन गरेर सोधे — तपाईं त विदेश पुग्नुभएको छ रे?’’ उनले व्यङ्ग्य गरे। खड्काले आन्दोलनका नाममा राजनीतिक खेल भएको आरोप लगाउँदै भने, ‘मात्र म होइन, मेरो पार्टीका कसैले पनि भाग्ने कुरा छैन। सरकार आफैंले छानबिन गर्ने निर्णय गरिसकेको छ, भाग्नु केलाई प¥यो?’
उनको उपस्थितिले गृहमन्त्रीको दाबी फेल गरेको मात्र छैन, ‘सरकारको सूचना संयन्त्र कति दुरुस्त छ ?’ भन्ने प्रश्न पनि उठाएको छ। देशको गृह प्रशासन यति कमजोर छ ? आफ्नै राजधानीमा रहेका व्यक्तिलाई ‘भागेको’ प्रमाणित गर्ने आधार के छ ? भन्ने प्रश्न खडा भएको छ।
लोकप्रिय

महाराजगञ्जमा प्रदर्शनकारीले नै गोली चलाएको भिडियो सार्वजनिक, ‘शान्तिपूर्ण आन्दोलन’ को दाबीमाथि प्रश्न
