अत्यधिक चिसोका कारण सप्तरीको बोदेबरसाईनका बिद्यालय ५ दिन बन्द

राजविराज– सप्तरीको बोदेबरसाईन नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय पुस ९ गतेदेखि १३ गतेसम्म बन्द हुने भएका छन्।

नगर कार्यपालिकाले जारी गरेको सूचना अनुसार, तराई क्षेत्रमा पछिल्ला दिनहरूमा बढेको अत्यधिक चिसो (सिलत) र मौसमी कठिनाइका कारण बालबालिकाहरूलाई विद्यालय आउन जान असहज हुने भएकाले यस्तो निर्णय गरिएको हो।

मेयर आतेश कुमार सिंहद्वारा हस्ताक्षरित सूचनामा वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सबै विद्यालय बन्द रहने उल्लेख गरिएको छ। सूचना अनुसार बालबालिकाको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकताका रूपमा राख्दै, अत्यधिक चिसोले पढाइमा असर नपरोस् भनेर विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

नगरपालिकाले यस अवधिमा बालबालिकालाई अत्यधिक चिसोमा घर बाहिर ननिस्कन र सुरक्षित रहन प्रेरित गर्न पनि आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट