सप्तरीमा प्रहरीले भेटेको करिव १ लाख बराबरको सामानमा किन कसैले दावी गरेन ?

राजविराज– सप्तरी प्रहरीले भन्सार छलीगरी ल्याएको आशंकामा सदरमुकाम राजविराजबाटै करिव १ लाख मुल्य बराबरको किराना सामान नियन्त्रणमा लिएको छ। रातको समयमा भारतबाट ल्याईएको आशंका गरिएको उक्त सामग्री बेवारिसे अवस्थामा फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जेठ २३ गते राति करिब साढे ८ बजे राजविराज नगरपालिका–६ स्थित बागेश्वरी मन्दिर नजिक नियमित गस्तीमा खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा केही बोरा फेला पारेको थियो। शंका लागेपछि बोरा खोलेर जाँच गर्दा विभिन्न प्रकारका किराना सामान भेटिएका छ।

प्रारम्भिक मूल्याङ्कनअनुसार बरामद सामानको कुल मूल्य ९५ हजार २ सय ९० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। सामान कसले ल्यायो, किन बीच बाटोमै छोड्यो र कसको हो ? भन्ने विषय अझै अनुत्तरित छ। घटनास्थलमा कुनै व्यक्ति उपस्थित नरहेको र सामान दाबी गर्न कोही नआएपछि प्रहरीले ती सबै सामान नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय राजविराजमा सुरक्षित राखेको छ।

प्रहरी स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा पछिल्लो समय भारतबाट भन्सार छली गरी ल्याइने उपभोग्य वस्तुहरू रातिको समयमा सुरक्षित स्थानमा लुकाएर राख्ने र पछि गन्तव्यतर्फ पठाउने प्रवृत्ति देखिँदै आएको छ। यद्यपि, यस घटनामा बरामद सामान अवैध रूपमा भित्र्याइएको हो वा अन्य कुनै प्रयोजनका लागि राखिएको थियो भन्ने विषयमा आधिकारिक पुष्टि हुन बाँकी छ।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सामान जेठ २९ गते थप कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको जनाएको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट