आफुखुसी मन्त्रालय भागवण्डा गरेको भन्दै जनमतले आफनै मुख्यमन्त्रीलाई सोध्यो स्पष्टिकरण

जनकपुर– डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशमा आफनै पार्टीबाट मुख्यमन्त्री रहेका सतिश सिंहलाई स्पष्टीकरण सोधेको छ। मुख्यमन्त्रीमा टिकिराख्ने मनसायले भागवण्डा मिलाउन जम्बो मन्त्रिमण्डल बनाएको, पार्टीको निर्देशन वेवास्ता गरेको लगायतका विषयमा स्पष्टिकरण सोधिएको हो।
पार्टी प्रवक्ता डा. शरतसिंह यादवका अनुसार सिंहले पार्टीसँग समन्वय नै नगरी सत्ता साझेदार दलसँग मन्त्रालय बाँडफाँट गरेका छन्। पार्टीसँग समन्वय नै नगरी मन्त्रालय बाँडफाँट गरेको भन्दै शुक्रबार मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधिएको हो।
मुख्यमन्त्रीले आफुखुसी मन्त्रालय भागवण्डा गरेपछि स्पष्टीकरण सोधिएको उनले बताए। पार्टीले परिणाम देखिने गरी जनताको हकहितमा काम गर्न मन्त्रीहरूलाई ध्यानाकर्षण गराए पनि कामभन्दा अनावश्यक उद्घाटन गर्दै समय खर्चिएको देखिएको पनि उनले बताए।
जनमत पार्टीको छविमा बारम्बार आँच पु¥याएको भन्ने पनि कुरा आएकाले त्यसलाई पनि स्पष्टीकरणमा समेटिएको उको भनाई छ। ‘पार्टीले दिएका निर्देशनहरू बेवास्ता गरेको, बजेट बनाउने क्रममा माननीयहरूलाई पाँच करोड दिने विवादास्पद अभिव्यक्ति दिएको लगायतका विषयमा गुनासो छ।’– उनले भने।