रामेछाप पहिरो अपडेटः ६ जनाको शव भेटियो

काठमाण्डौं– रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा गएराति ३ बजे गएको पहिरोमा पुरिएका ६ जनाको मृत्यु भएको छ। पहिरोमा ३० वर्षकी चण्डिका श्रेष्ठ र उनका १८ महिनाका शिशु आनुष, ५७ वर्षीया उर्मीला पहरी, ३० वर्षीय सञ्जिव पहरी, ११ वर्षीय सन्तोष पहरी र ११ वर्षकै विज्ञान पहरीको शव भेटिएको हो।

एघार वर्षीय अञ्जना श्रेष्ठ घाइते भएकी छन्। उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन। जिल्ला प्रहरी कार्यालय रामेछापका इन्सपेक्टर कौशल न्यौपानेले पहिरोमा अझै केही बेपत्ता रहेको बताए। प्रहरीका अनुसार ७५ वर्षीया फड्की पहरी, ५५ वर्षका काले पहरी, ५४ वर्षीया झ्याउकिरी पहरी र २३ वर्षीया बिन्दा पहरी बेपत्ता रहेको खुलेको छ।

चण्डिकाका आमाछोरा बाहेक पहिरोमा मृत्यु भएका ४ जनाको नाता सम्बन्ध खुल्न बाँकी छ। उनीहरु एकै घरका हुन् कि फरक परिवारका हुन् भन्ने पनि यकिन भएको छैन गएराति साढे ३ बजे पहिरो जाँदा लेकखर्चका पाँचवटा घरमा क्षति पुगेको छ। एकै गाउँको एक ठाउँमा खसेको पहिरोले ३ वटा घर पूर्णरुपमा र एउटा घरमा आंशिक क्षति गरेको छ।

सोही गाउँको अर्को पहिरोमा एक घर परेको हो। जुन घरका दुई जनाको मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए। पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलको पक्की पुल पनि बगाएको छ।

* अपडेट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट