रक्सीले मातेका छिमेकीको खुकुरी प्रहारबाट झापामा २ जना घाईते

दमक– रक्सी खाएर मातेका छिमेकीको खुकुरी प्रहारबाट मंगलबार राती झापामा २ जना घाईते भएका छन्।

मेचीनगर नगरपालिका–१० का ३२ वर्षीय मदन नेपालीले खुकुरी प्रहार गर्दा छिमेकीहरु २४ वर्षीय अरुण कवर र ३८ वर्षीय जुरेन कवर घाईते भएका हुन्।

अरुणको टाउको र देब्रे हातमा चोट लागेको छ भने जुरेनको तल्लो ओठमा चोट लागेको छ। उनीहरुको विर्तामोडस्थित मनमोहन हस्पिटलमा उपचार भईरहेको छ।

मदनले उनीहरुलाई मंगलबार राती करिव ९ बजे आक्रमण गरेका थिए। उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीले खुकुरीसहित पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट